ब्राजिलमा विमान दुर्घटना, १२ जनाको मृत्यु
आइतबार, १२ कात्तिक २०८०, २२ : ४८

एजेन्सी । ब्राजिलमा विमान दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ । ब्राजिलको अमेजन क्षेत्रमा आइतबार सानो विमान दुर्घटनामा परेर त्यसमा सवार १२ जनाको मृत्यु भएको हो ।
पश्चिमी ब्राजिलको एकर राज्यको राजधानीमा रहेको रियो ब्रान्को एयरपोर्ट नजिकै विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।
स्थानीय फर्म एआरटी ट्याक्सी एरियोद्वारा सञ्चालित विमान टेकअफको लगत्तै दुर्घटनाग्रस्त भएको हाे । विमानमा सवार एक शिशुसहित सबैको मृत्यु एकर राज्य सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विमान अमेजनस राज्यको एन्भिराका लागि उडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित
-
सरकारले सुकुम्बासीप्रति अमानवीय व्यवहार गरेको साहको आरोप
-
पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस
-
‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत
-
शिवम् सिमेन्टले के ल्याउँदैछ ?
-
गौरवको आयोजना ६ वर्षदेखि अलपत्र