गौतमबुद्ध विमानस्थलको पूर्ण सञ्चालनको माग गर्दै आन्दोलनको तयारीमा व्यवसायीहरू
बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण रुपमा सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले दबाब दिने भएको छ । सञ्जालले सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
विमानस्थल नियमित सञ्चालन गर्न पटक पटक आग्रह तथा दबाबमूलक कार्यक्रम गर्दा पनि सरकार मौन रहेकाले आन्दोलन गर्नुपरेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए ।
सञ्जालका अध्यक्ष ज्ञवालीका अनुसार आन्दोलनका कार्यक्रमअन्तर्गत प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई एकमहिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाइने छ । त्यस्तै, कात्तिक १५ गतेदेखि सम्बन्धित निकायहरुमा पत्राचार भेटघाट तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराउने, आन्तरिक हवाई टिकट विक्री नगर्नका लागि हवाई एयरलायन्सहरुमा पत्राचार गर्ने र विरोधस्वरुप शान्ति ¥याली निकालिने छ ।
त्यस्तै, आन्तरिक विमानस्थल अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने, आन्तरिक हवाई उडान बन्द गर्न दबाबस्वरुप धर्ना तथा विरोध प्रदर्शन गर्ने, यति गर्दा पनि माग सुनुवाइ नभए आम सर्वसाधारणसहित निरन्तर धर्ना तथा विरोध प्रदर्शन गर्ने सञ्जालले जनाएको छ ।
मंसिर २५ गतेदेखि अनिश्चितकालका लागि आन्तरिक हवाई उडान र बेलहिया नाका पूर्ण रुपमा बन्द गर्न आह्वान गर्दै धर्ना कार्यक्रम गरिने ज्ञवालीले बताए ।
सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न दबाबका लागि संघर्ष गर्दै अघि बढ्ने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण