काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न मन्त्रीसमक्ष आग्रह
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्री समक्ष आग्रह गरिएको छ । काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल नेतृत्वको टोलीले आज खानेपानी मन्त्री महिन्द्रराय यादवलाई भेटेर कात्तिक महिनामा नै काठमाडौँमा खानेपानीको समस्या भएको भन्दै तत्काल समाधान गर्न आग्रह गरेको हो ।
उक्त टोलीले मेलम्चीको पानी तत्काल काठमाडौँवासीलाई उपलब्ध गराउनुपर्ने, मन्त्रालयले बजेट विनियोजन गरिसकेपनि निर्माण सम्पन्न नगरी अलपत्र पारिएका उपत्यकाभित्रका सबै बोरिङ परियोजनालाई तत्काल पानी उपलब्ध हुने गरी निर्माण सम्पन्न गर्न माग गरेको छ ।
खानेपानी सबैतिर उपलब्ध गराउन मन्त्रालयले सकेजति आफ्नो संयन्त्रलाई परिचालन गर्नुपर्ने, खानेपानीको पाइप विस्तार तथा मर्मतसम्भार गर्दा बिग्रिएका–भत्किएका सडकको तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गर्न मन्त्री समक्ष अनुरोध गरेको छ ।
प्रतिनिधिसभा सदस्य पौडेलले शिवपुरी आरक्षण क्षेत्रभित्रका खेर गइरहेका पानीका स्रोतलाई एकीकृत ढङ्गले सङ्कलन गर्दै हिउँदमा हुने अभावलाई सम्बोधन गर्न सकिने पूर्वाधार निर्माण गरी आरक्षण क्षेत्रभित्रको पानीलाई वैकल्पिक स्रोतका रुपमा विकास गर्न तत्कालै अध्ययन अनुसन्धान गर्न मन्त्री समक्ष आग्रह गरे ।
भेटमा मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्रको पानीको अभावलाई समाधान गर्न सरकार लागि रहेको बताए । “सरोकार भएका निकायको बैठक बसेर खानेपानीको छिटो समस्या समाधान गर्नुपर्छ”, उनले भने । मन्त्री यादवले शिवपुरी क्षेत्रमा रहेका साना पानीका स्रोतबारे अध्ययन गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण