आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

असर्फीको कोटा तोकियो, एक व्यक्तिले एक-एक सेट मात्र पाउने

बुधबार, १५ कात्तिक २०८०, १५ : २२
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । केन्द्रीय बैंकले यसपटक सुनचाँदी असर्फीको बिक्री कोटा तोकेको छ । तिहारका बेला सर्वसाधारणबाट सुनचाँदीको सिक्का, तक्मा, मेडालियनको ठूलो माग हुने हुँदा बैंकले यसपटक कोटा तोकेको हो ।

सूचना अनुसार यसपटक प्रतिव्यक्ति एक-एक सेट सुन र चाँदीको असर्फी उपलब्ध गराइनेछ । सुनको असर्फी १ सेट (१० ग्राम, ५ ग्राम र २.५ ग्राम ) रहनेछ भने चाँदीको गाई, लक्ष्मी र गणेश अंकित २५ ग्राम, १०/१० ग्रामको सिक्का उपलबध गराइनेछ । 

यसअघि सुनचाँदीको असर्फीमा केन्द्रीय बैंकले कोटा लगाएको थिएन ।

n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप