२ करोड ९१ लाख जनसङ्ख्या भएको देशमा ५ करोड भन्दा बढी बैंक खाता !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वास्तविक नेपालीहरूको सङ्ख्या भन्दा झन्डै दोब्बर सङ्ख्यामा बैंक खाता सञ्चालनमा रहेको जनाएको छ । बिहीबार वित्तीय ग्राहक संरक्षणका लागि नेपाल राष्ट्र बैंकबाट गरिएका व्यवस्थासम्बन्धी विवरण पुस्तिका सार्वजनिक गर्दै केन्द्रीय बैंकले २०८० असार मसान्तसम्म बैंकहरुको निक्षेप खाताको सङ्ख्या ५ करोड ११ लाख ७७ हजार ९२३ पुगेको जनाएको हो ।
यद्यपि, केन्द्रीय बैंककाअनुसार क, ख र ग वर्गका वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्तीय कम्पनीहरूमा खोलिएको निक्षेप खाताको सङ्ख्या मात्र हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार हाल नेपालको कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जनसङ्ख्याको तुलनामा बैंकहरुमा खोलिएको निक्षेप खाताको सङ्ख्या १.७५ गुणाले बढी हो ।
यस्तै, सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा १८ लाख ४५ हजार २१३ वटा कर्जा खाता खोलिएको समेत केन्द्रीय बैंकले जनाएको छ ।
तीमध्ये ८५.९३ प्रतिशत निक्षेप खाता र करिब ८१.९५ प्रतिशत कर्जा खाता वाणिज्य बैंकमा रहेको बैंकले जनाएको छ । यस्तै, २०८० असार मसान्तसम्ममा कूल १ करोड ८९ लाख ४१ हजार ७९३ वालेट प्रयोगकर्ता तथा २ करोड १३ लाख ६३ हजार ९८९ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका केन्द्रीय बैंकले जनाएको छ ।
२०८० असार मसान्तसम्ममा वाणिज्य बैंकको सङ्ख्या २० वटा रहेको छ भने विकास बैंकहरुको सङ्ख्या १७ वटा, वित्त कम्पनीको सङ्ख्या १७ वटा र लघुवित्त वित्तीय संस्थाहरूको सङ्ख्या ५७ वटा रहेका छन् । यी बैंक तथा वित्तीयहरूबाट कूल ११ हजार ५८९ वटा वित्तीय सेवा केन्द्रहरूमार्फत देशैभरि सेवा प्रवाह भइरहेको समेत केन्द्रीय बैंकले आफ्नो विवरण पुस्तिकामा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण