भारतले श्रीलंकालाई दियो ३५८ रनको विशाल लक्ष्य
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको बिहीबारको खेलमा भारतले श्रीलंकालाई जितका लागि तीन सय ५८ रनको विशाल लक्ष्य दिएको छ ।
मुम्बईस्थित वानखेड स्टेडियममा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय ५७ रन बनायो ।
पहिलो विकेट सस्तैमा गुमाएको भारतका लागि ओपनर ब्याट्सम्यान शुभमन गिल र तेस्रो नम्बरका ब्याट्सम्यान विराट कोहलीले उत्कृष्ट साझेदारी गरे । भारतले टोलीको कुल स्कोर केवल चार रन रहँदा कप्तान रोहित शर्मालाई गुमाएको थियो ।
रोहित चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि शुभमन र विराटले टोलीको स्कोरलाई एक सय ९३ रनको सम्मानजनक स्थितिसम्म पुर्याएका थिए । तर, शुभमन र विराट दुबैले सतक भने पुरा गर्न सकेनन् ।
शुभमन ९२ रन बनाउँदै आउट भए । उनले ९२ बलको सामना गरी दुई छक्का र ११ चौका हिर्काएका थिए । त्यसलगत्तै विराट पनि ८८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ९४ बलको सामना गरी ११ वटा चौका प्रहार गरेका थिए ।
तर, विराट महान क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमानसँग बराबरी गर्नबाट भने चुके । उनले सतक बनाउन सकेको भए उनले सचिनको कीर्तिमानसँग बराबरी गर्ने थिए । एकदिवसीय क्रिकेटमा सचिनले ४९ वटा सतक बनाएका छन् ।
विराटले हालसम्म एकदिवसीय क्रिकेटमा ४८ वटा सतक प्रहार गरेका छन् । अब विराटले सचिनको कीर्तिमानसँग बराबरी गर्न कम्तिमा पनि आइतबार हुने दक्षिण अफ्रिकाविरुद्धको खेलसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ ।
भारतका लागि चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि ८२ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएको ऐयरले केवल ५६ बलको सामना गरी ६ छक्का र तीनवटा चौका हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान केएल राहुलले २१ रन बनाए । सूर्यकुमार यादब १२ रनमा आउट भए ।
यसैगरी रविन्द्र जडेजाले टोलीको खातामा ३५ रन थपे । श्रीलंकाली टोलीका बलर दिल्सान मदुसानका सबैभन्दा प्रभावकारी सिद्ध भए । भारतीय ब्याट्सम्यानका लागि खतरा सावित भएका उनी एक्लैले पाँच विकेट लिए । उनले १० ओभरमा ८० रन खर्चिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण