मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई ४० जोर सुट दिने
बिहीबार, १६ कात्तिक २०८०, १९ : ०१
काठमाडौँ । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई चालिस जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रिकेट सघंबीच बिहीबार उक्त सम्झौता भएको हो ।
सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
टी–२० वर्ल्ड कपमा नेपाली क्रिकेट टिमको सहभागिताको प्रबल सम्भावना रहेको बेला खेलाडीको हौसला बढाउन उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ ।
पछिल्लो समय नेपाली क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकोले क्रिकेट टिमलाई सहयोग गर्नुपर्ने दायित्वबोधलाई मनन गर्दै आफूहरुले सहयोग गरेको मेरीना इम्पेक्सका अर्जुन बस्नेतले बताए ।
मेरिना इम्पेक्सले सन् १९८३ देखि बागबजार, सामाखुशी, न्युरोड र पाटन गभलका चार आउटलेटबाट सेवा प्रदान गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण