वडा कार्यालयले गर्दियो मजदुर र विपन्नको स्वास्थ्य बीमा
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले विपन्न र मजदुरको स्वास्थ्य बीमा गरिदिएको छ । १ सय ९ जना विपन्न तथा मजदुरलाई वडाले पैसा तिरेर बीमा गरिदिएको हो । शुक्रबार उनीहरुको बीमा कार्ड लाभग्राहीलाई हस्तान्तरण गरिएको छ ।
उक्त कार्डबाट पोखराका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हिमालयन आँखा अस्पतालमा बिरामीले निःशुल्क स्वास्थ्य सेवा पाउने छन् । दैनिक मजदुरी गरेर पेट पाल्नेहरुले सामान्य बिरामी हुँदा समेत उपचार गर्ने पैसा नभएर समस्या हुने गरेको गुनासो आएपछि बीमा गरिदिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
सबैलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले बीमा कार्ड हस्तान्तरण गरेका हुन् । उनले मजदुर र विपन्नको बीमा कार्ड भएपछि पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने बताए । सरकार नागरिकलाई स्वास्थ्य सुरक्षा दिन प्रतिबद्ध रहेपनि नागरिकहरुमा चेतनाको विकास हुनै नसकेको उनको भनाई छ ।
‘बीमा कार्डको नवीकरणबाट सरकारको ढुकुटीमा एक अर्ब मात्रै जम्मा हुन्छ । तर वर्षमा १० अर्बभन्दा बढी सरकारले खर्च गरेको छ,’ उनले भने, ‘नागरिकलाई स्वास्थ्य सुरक्षा दिन सरकार प्रतिबद्ध छ । तर नागरिकले पनि सोही अनुसार काम गर्नुपर्यो ।’ वडाध्यक्ष बरालले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा वडाले भिन्न र उत्कृष्ट कामको थालनी गरेको बताए । उनले यसअघि टोल स्तरमा स्वास्थ्य शिविर चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण