शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा महिलाको शव फेला

शुक्रबार, १७ कात्तिक २०८०, १९ : ०६
शुक्रबार, १७ कात्तिक २०८०

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ को घुसकपुरमा एक महिलाको शव भेटिएको छ ।

उपमहानगरको वडा नं ६ मा काँसघारीको झाडीमा बिहीबार महिला शव फेला परेको प्रहरीले जनाएको छ । ती महिलाको शरीरमा घाउ चोट लागेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

अन्दाजी  २५/२६ वर्षकी ती महिलाको साथमा परिचय खुल्ने कुनै प्रमाण नभएकाले शवको पहिचान गर्न नसकिएको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले बताए । 

 ‘महिलाको शव हेर्दा मारेर फालेको जस्तो देखिन्छ तर ती महिला को हुन् भन्ने पहिचान खुल्न नसक्दा हामीलाई अनुसन्धानमा समस्या भएको छ’  क्षेत्रीले भने । महिलाको स्थानीयले खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको स्थानमा प्रहरीले तालिम प्राप्त कुकुर खटाएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप