बारामा महिलाको शव फेला
शुक्रबार, १७ कात्तिक २०८०, १९ : ०६
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ को घुसकपुरमा एक महिलाको शव भेटिएको छ ।
उपमहानगरको वडा नं ६ मा काँसघारीको झाडीमा बिहीबार महिला शव फेला परेको प्रहरीले जनाएको छ । ती महिलाको शरीरमा घाउ चोट लागेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
अन्दाजी २५/२६ वर्षकी ती महिलाको साथमा परिचय खुल्ने कुनै प्रमाण नभएकाले शवको पहिचान गर्न नसकिएको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले बताए ।
‘महिलाको शव हेर्दा मारेर फालेको जस्तो देखिन्छ तर ती महिला को हुन् भन्ने पहिचान खुल्न नसक्दा हामीलाई अनुसन्धानमा समस्या भएको छ’ क्षेत्रीले भने । महिलाको स्थानीयले खेतमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव फेला परेको स्थानमा प्रहरीले तालिम प्राप्त कुकुर खटाएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण