आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न राष्ट्रपतिको अपिल

शनिबार, १८ कात्तिक २०८०, ०७ : २९
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको  भूकम्पबाट भएको  मानवीय र भौतिक क्षतिले  आफू मर्माहत भएको  बताएका छन् । राष्ट्रपति पौडेलले विपत्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गरेको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ । 

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यरात ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठुलो क्षति पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप