भूकम्प प्रभावित क्षेत्रमा गण्डकी सरकारले पठायो स्वास्थ्यकर्मीको टोली
पोखरा । कर्णालीमा गएको भूकम्पबाट पीडित नागरिकको उद्धार र उपचारमा आफू पनि साथमा रहेको गण्डकी प्रदेशले जनाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक विज्ञप्ति जारी गरी कर्णालीको पीडामा गण्डकीले सहयोग गर्ने बताए । प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले गण्डकी प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएको छ ।
‘टोली यथाशक्य छिटो प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूको उपचारमा सहभागी हुनुहुने नै छ,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुन निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहनेछ ।’
डा विकास गौचनको नेतृत्वमा हाडजोर्नी विशेषज्ञ र एनेस्थेसियाको टोली कर्णाली पठाइएको हो । आवश्यकता अनुसार थप सहयोग पठाउन आफुहरु तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए । जाजरकोट जिल्लाको बारकोट गाउँपालिका वडा १ केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट ठुलो मानवीय र भौतिक क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण