लोकराजको ‘यस्तो भा छ मलाई‘मा लोमश र करिश्माको रोमान्स
शनिबार, १८ कात्तिक २०८०, १२ : ११

काठमाडौँ । गायिका शान्ता जिसीको स्वर रहेको ‘यस्तो भा छ मलाई त’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । युगल गीतमा शान्तालाई गायक प्रताप दाशले स्वरमा साथ दिएका छन् ।
चर्चित गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन अर्जुन पोख्रेलले गरेका हुन् ।
गायिका जिसीकै अफिसियल च्यानलबाट सार्वजनिक गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशक काजिश श्रेष्ठको रहेको छ ।
भिडियोमा लोमश शर्मा, करिश्मा ढकाल र सामरिका ढकालको अभिनय छ । डान्सिङ नम्बरको रुपमा तयार गीतमा अजय रेग्मीको छायाङ्कन र दीपक बिस्टको सम्पादन छ ।
जापान कमथलो रहेकी गायिका जिसीले अलिक रमाइलो र फरक खालको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगरद्वारा पशुपालक कृषक समूहलाई कुटी काट्ने मेसिन वितरण
-
नेसपा (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक सुरु
-
थरुनी बुहारी
-
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान
-
अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार बढी व्यवसायीलाई कारबाही
-
सानो त्रुटिले मात्रै पनि निर्वाचनमा जनमत घट्ने अवस्था छ : मन्त्री पौडेल