लोकराजको ‘यस्तो भा छ मलाई‘मा लोमश र करिश्माको रोमान्स
शनिबार, १८ कात्तिक २०८०, १२ : ११
काठमाडौँ । गायिका शान्ता जिसीको स्वर रहेको ‘यस्तो भा छ मलाई त’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । युगल गीतमा शान्तालाई गायक प्रताप दाशले स्वरमा साथ दिएका छन् ।
चर्चित गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतको सङ्गीत र सङ्गीत संयोजन अर्जुन पोख्रेलले गरेका हुन् ।
गायिका जिसीकै अफिसियल च्यानलबाट सार्वजनिक गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशक काजिश श्रेष्ठको रहेको छ ।
भिडियोमा लोमश शर्मा, करिश्मा ढकाल र सामरिका ढकालको अभिनय छ । डान्सिङ नम्बरको रुपमा तयार गीतमा अजय रेग्मीको छायाङ्कन र दीपक बिस्टको सम्पादन छ ।
जापान कमथलो रहेकी गायिका जिसीले अलिक रमाइलो र फरक खालको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण