२५ वर्षपछि कर्णालीमा राष्ट्रिय भलिबल प्रतियोगिता
काठमाडौँ । २५ वर्षपछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा साढे दुई दशकपछि कर्णालीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो ।
नेपाल भलिबल संघले शनिवार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी पुस २० देखि २५ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने जनाएको छ । वि।सं। २०५५ मा नेपालगञ्जमा चौथो राष्ट्रिय खेलकुद हुँदा भलिबलको प्रतियोगिता भने सुर्खेतमा खेलाइएको थियो । तर, त्यसपछि लामो समयसम्म भलिबलको प्रतियोगिता हुन सकेको थिएन ।
भलिबलका राष्ट्रिय स्तरका प्रतियोगितालाई विकेन्द्रित गर्ने उद्देश्यअनुरूप कर्णालीमा संघले यो आयोजना गर्न लागेको हो । सो प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपीएफ क्लब गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शनिवार नै संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले उक्त प्रतियोगिता व्यवस्थापनका लागि कर्णाली प्रदेश भलिबल संघका उपाध्यक्ष ईश्वरबहादुर शाहीलाई सम्झौतापत्र हस्तान्तरण गरे ।
उपाध्यक्ष शाहीले लामो समयपछि कर्णाली प्रदेशमा भलिबलको प्रतियोगिता हुन लागेको खुसी व्यक्त गर्दै कर्णाली प्रदेश सरकारले यो आयोजनाका लागि ४४ लाख ५ सय ६० रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनले प्रतियोगितामा सहभागी खेलाडी र अफिसियललाई राम्रो सुविधासहित खेल सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाल भलिबल संघले भने सो प्रतियोगिताका लागि दुई लाख रुपैयाँ र पाँच वटा भलिबल उपलब्ध गराउने जनाएको छ ।
प्रतियोगिताको विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने भएको छ । विधागत उत्कृष्टले भने समान पाँच हजार पाउनेछन् । साथै पत्रकार सम्मेलनमा नेपाल भलिबल संघले भूकम्पबाट क्षति भएको जिल्लाका लागि जिल्ला प्रशासन कार्यालयमा स्थापित कोषमा ५० हजार रुपैयाँ सहयोग पनि गर्ने जनाएको छ । भलिबल संघले कर्णाली प्रदेशका जिल्लाको केन्द्रबिन्दु सुर्खेतमा भलिबल खेल आयोजना गर्दै त्यस क्षेत्रमा भलिबल विकास गर्ने योजना रहेको पनि उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
-
सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण