मुस्ताङबाट डोल्पा निस्क्यो सडक, एक्साभेटरको बकेट लिएर छार्कामा ट्याक्टर
पोखरा । दुई हिमाली जिल्ला मुस्ताङ र डोल्पा पहिलोपटक सडक सञ्जालबाट जोडिएका छन् । शनिवार मुस्ताङबाट निस्केको ट्याक्टर छार्का पुगेर मुस्ताङ नै फर्किएको हो । २०७५ देखि यहाँ बाटो निर्माण सुरु भएको थियो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणको लागि बिभिन्न प्याकेजमा काम भैरहेको थियो ।

सडकका लागि संघ सरकारले २० करोड लगानी गरिसकेको छ । पछिल्लो ६ महिनामा १० किलोमिटर ट्रयाक खोलिएको हो । ट्रयाक खोल्न गत वर्ष ३ करोड १७ लाख खर्च भएकोमा यो वर्ष थप २ करोड विनियोजन भएको छ । छार्का ताङसोङले छार्का गाउँदेखि मुस्ताङ सीमानासम्मको ट्रयाक यसअघि नै खोलेको हो ।
सडक सञ्जाल जोडिएपछि छार्काका वडाध्यक्ष धवालवाङ गुरुङले पालिका अध्यक्ष सेनाङ गुरुङ र निर्माण कम्पनीका प्रतिनिधिलाई अबिरमाला लगाइदिए । सडक पुगेसँगै स्थानीयलाई आउजाउ गर्न र सामान ढुवानीका लागि सहज हुने छार्काका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण