आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

मुस्ताङबाट डोल्पा निस्क्यो सडक, एक्साभेटरको बकेट लिएर छार्कामा ट्याक्टर

आइतबार, १९ कात्तिक २०८०, १३ : ५९
आइतबार, १९ कात्तिक २०८०

पोखरा । दुई हिमाली जिल्ला मुस्ताङ र डोल्पा पहिलोपटक सडक सञ्जालबाट जोडिएका छन् । शनिवार मुस्ताङबाट निस्केको ट्याक्टर छार्का पुगेर मुस्ताङ नै फर्किएको हो ।  २०७५ देखि यहाँ बाटो निर्माण सुरु भएको थियो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणको लागि बिभिन्न प्याकेजमा काम भैरहेको थियो । 

mustang-dolpa-road

सडकका लागि संघ सरकारले २० करोड लगानी गरिसकेको छ । पछिल्लो ६ महिनामा १० किलोमिटर ट्रयाक खोलिएको हो । ट्रयाक खोल्न गत वर्ष ३ करोड १७ लाख खर्च भएकोमा यो वर्ष थप २ करोड विनियोजन भएको छ । छार्का ताङसोङले छार्का गाउँदेखि मुस्ताङ सीमानासम्मको ट्रयाक यसअघि नै खोलेको हो ।

सडक सञ्जाल जोडिएपछि छार्काका वडाध्यक्ष धवालवाङ गुरुङले पालिका अध्यक्ष सेनाङ गुरुङ र निर्माण कम्पनीका प्रतिनिधिलाई अबिरमाला लगाइदिए । सडक पुगेसँगै स्थानीयलाई आउजाउ गर्न र सामान ढुवानीका लागि सहज हुने छार्काका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप