ठेकेदारको लापरबाहीले पुल अधुरै
चौतारा । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोशी खोलाको पक्की पुल ठेकेदारका लापरबाहीका कारण अधुरै रहेको छ । नौ वर्षअघि ठेक्का भएर काम सुरु भएको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरिएको थियो ।
निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि छ वर्षअघि बन्नुपर्ने सुनकोशी पुल नौ वर्ष बितिसक्दासमेत सम्पन्न नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका बासिन्दाले केही वर्षअघि पुलमा धर्ना दिएको स्थानीय शिक्षक पृथ्वीजङ्ग पाण्डेले जानकारी दिए ।
शिक्षक पाण्डेका अनुसार प्रभावित क्षेत्रका सयौँ बासिन्दाले पुलमा भेला भएर निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका थिए । सो पुलको २०७२ सालबाट निर्माण सुरु भएको थियो । पुल २०७५ मा नै तयार हुनुपर्ने सम्झौता थियो, तर ठेकेदारले निर्माण कार्यमा ढिलाइ र लापरबाही गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका थिए ।
विसं २०६९ मा तत्कालीन सरकारले रातो किताबमा सुनकोशीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा बताउँछन् । यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुल निर्माण सम्पन्न भएर यातायातका साधन सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माण
काम आधा पनि सकिएको छैन । दोस्रो पटक पुनः निर्माण भएको पुल हालको काममा पनि गुणस्तरहीन र कमसल भएको स्थानीयको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण