शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ठेकेदारको लापरबाहीले पुल अधुरै

सोमबार, २० कात्तिक २०८०, १४ : १७
सोमबार, २० कात्तिक २०८०

चौतारा । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने सुनकोशी खोलाको पक्की पुल ठेकेदारका लापरबाहीका कारण अधुरै रहेको छ ।  नौ वर्षअघि ठेक्का भएर काम सुरु भएको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरिएको थियो ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि छ वर्षअघि बन्नुपर्ने सुनकोशी पुल नौ वर्ष बितिसक्दासमेत सम्पन्न नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका बासिन्दाले केही वर्षअघि पुलमा धर्ना दिएको स्थानीय शिक्षक पृथ्वीजङ्ग पाण्डेले जानकारी दिए ।

शिक्षक पाण्डेका अनुसार प्रभावित क्षेत्रका सयौँ बासिन्दाले पुलमा भेला भएर निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका थिए । सो पुलको २०७२ सालबाट निर्माण सुरु भएको थियो । पुल २०७५ मा नै तयार हुनुपर्ने सम्झौता थियो, तर ठेकेदारले निर्माण कार्यमा ढिलाइ र लापरबाही गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका थिए ।

विसं २०६९ मा तत्कालीन सरकारले रातो किताबमा सुनकोशीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोरा बताउँछन् । यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुल निर्माण सम्पन्न भएर यातायातका साधन सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माण

काम आधा पनि सकिएको छैन । दोस्रो पटक पुनः निर्माण भएको पुल हालको काममा पनि गुणस्तरहीन र कमसल भएको स्थानीयको गुनासो छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप