'प्रभावकारी तयारी गरे विश्वकप राम्रो बन्नसक्छ'
काठमाडौँ । आगामी आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोली केही समय आरामपछि मैदानमा फर्किनेछ ।
आगामी ट्वान्टी–२० विश्वकप वेस्ट इण्डिज र अमेरिकामा सन् २०२४ को जुन ४ देखि शुरु हुने तय छ । यो आयोजना आउन करिव सात महिनाको समय बाँकी छ । यस अवधिमा नेपाल दोस्रोपटक यो फरम्याटको विश्वकपमा छनोटलाई विशेष बनाउने लक्ष्यका साथ तयारीमा जुट्नेछ । विश्व क्रिकेटका स्तरीय टोलीसँग प्रतिस्पर्धा गर्न नेपालका लागि सहज हुनेछैन । त्यसैले यसबीच नेपालले राम्रो टोलीसँग चरणबद्ध शृङ्खला खेल्दै आफूलाई पनि स्तरीय प्रतियोगिताका लागि परिपक्व बनाउनु पर्नेछ ।
आगामी ट्वान्टी–२० विश्वकपमा कुल २० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । एउटा समूहमा पाँच राष्ट्र हुनेछन् । चार समूहबाट शीर्ष दुई स्थानमा रहने टोलीले सुपर आठमा स्थान बनाउनेछ । नेपाल जस्तो एसोसिएट राष्ट्रले सुपर आठमा स्थान बनाउनसके पनि विश्व क्रिकेट माझ आफ्नो छाप छोड्नेमा दुई मत छैन । सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकप खेलेको नेपाल दोस्रो पटक यो फरम्याटको विश्वकप खेल्न लागेको हो ।
दुई पटक विश्वकप खेलिसकेकाले पनि नेपालले सहभागितामा मात्र विश्वकपलाई सीमित पार्नुहुँदैन । त्यसका लागि राष्ट्रिय टोलीका लागि राम्रो ब्याकअपका साथै विश्वस्तरका खेलाडीले पाउने सेवासुविधा पनि उनीहरूलाई प्रदान गर्नुपर्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पनि ओमानसँग फाइनलमा हारसँगै विश्वकपको तयारीलाई राम्रो बनाउन राम्रा टोलीसँग शृङ्खलाका साथै अन्य पक्षमा पनि काम गर्नुपर्ने उल्लेख गरेका थिए ।
घरेलु मैदानमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा पराजित हुँदा नेपाली टोलीमा अभैm पनि धेरै पक्षमा सुधारको आवश्यक देखिएको थियो । प्रतियोगिताभर ब्याटिङमा राम्रो गरेको नेपालले बलिङमा कमजोर प्रदर्शन ग¥यो । ट्वान्टी–२० क्रिकेटकै राम्रा बलर मानिएका अविनाश बोहोराको प्रदर्शन निकै निरासाजनक रह्यो । एक दशक अगाडि ट्वान्टी–२० विश्वकप खेलिसकेका सोमपाल कामी र अर्का अनुभवी बलर करण केसीको बलिङ प्रदर्शन पनि सन्तोषजनक रहेन ।
नेपाली क्रिकेट टोलीका पूर्वसदस्य तथा प्रशिक्षक राजु बस्न्यातले फाइनलमा नेपालका बलर केही चुकेको सहमति जनाए । यद्यपि, फाइनलबाहेक भने नेपाली बलरले राम्रो गर्न सकेको उनको बुझाइ छ । ब्याटिङमा भने नेपाल इतिहासकै उत्कृष्ट टोलीका रूपमा देखिएको बस्न्यातले बताए ।
विश्वकपमा भने नेपाली बलरलाई कुनैपनि खेलमा गल्ती गर्ने छुट हुनेछैन । किनकि विश्व स्तरका खेलाडीले त्यसको फाइदा लिनेछन् । जुन नेपालको सहभागितामा खल्लो बन्नसक्छ । त्यसैले विश्वस्तरका टोलीसँग खेल्दै नेपालले आफ्ना बलरको प्रदर्शनमा सुधार गर्नुुपर्ने हुन्छ । पूर्वप्रशिक्षक बस्न्यातले पछिल्ला समय नेपाली क्रिकेट टोलीले लगातार पाएको म्याच एक्सपोजरका कारण पनि यो सफलता प्राप्त भएको उल्लेख गर्नुभयो । त्यसैले पनि टोलीलाई उच्चस्तरको म्याच एक्सपोजरको आवश्यकता रहेको उनले औँल्याए ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षण पनि सम्हालेका बस्न्यातले तयारी राम्रो गरिने हो भने विश्वकपमा नेपालको प्रदर्शन सुखद् हुने विश्वास व्यक्त गरे । यो सफलता जोगाइराख्न घरेलु क्रिकेटको संचरना र राष्ट्रिय टोलीको ब्याकअपका लागि ‘ए’ र ‘बी’ स्तरको टोली पनि बनाउनुपर्ने पूर्वक्रिकेटर बस्न्यातले भने ।
सन् २०१४ को विश्वकप खेलेका सोमपाल कामीले यस पटक विश्वकप छनोट भएसँगै लामो प्रतीक्षापछि यो सफलता प्राप्त गरेकाले खेल्न मात्र होइन जित्न जान्छौँ भन्ने प्रतिक्रिया दिए । विश्वकपमा छनोटपश्चात उत्साहित खेलाडीलाई सोहीअनुरूपमा तयारी गराउने जिम्मेवारी नेपाल क्रिकेट संघ(क्यान) को हो । क्यानले समयमा तयारी प्रभावकारी बनाउने हो भने पक्कै पनि नेपाल खेल्न मात्र होइन जित्न योग्य टोली बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण