शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता : कमल थापा सेमिफाइनलमा

सोमबार, २० कात्तिक २०८०, १९ : ५९
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको ५५ वर्षमाथि पुरुष सिंगल्समा सेमिफाइनलमा स्थान पक्का गरेका छन् । ५५ वर्षमाथि पुरुष सिंगल्समा थापासँगै विमलकुमार गुरुङ, सुशील पाण्डे र जीवन घिमिरेले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । 

५५ वर्षमाथि पुरुष डबल्समा सुवर्ण धाक्वा र कृष्णराज घले तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले उपाधि भिडन्त पक्का गरे । ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुव गुरुङ र मनोजशमशेर जंगबहादुर राणा सेमिफाइनलमा प्रवेश गरे ।

प्रदीप खड्का, निशान श्रेष्ठ, बोरिस अधिकारी र ऋतिक पुरुष सिंगल्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रदीपले निहालजंगबहादुर थापालाई ६–१, ६–७ र ६–३, निशानले आशिष खड्कालाई ६–०, ५–७ र ७–५, बोरिसले युगेन शेर्पालाई ६–३ र ६–४ तथा ऋतिकले आयुशमान घलेलाई ६–१ र ६–४ को सेटमा पराजित गरे ।

महिला सिंगल्समा रायना शाहले प्रशंसा मोक्तानलाई ६–१ र ६–१, गंगा शर्माले दिभ्ना कार्कीलाई ६–० र ६–० तथा आद्या पौडेलले समृद्धि महर्जनलाई ६–३ र ६–१ को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा प्रवेश पन्त, साम्दुप लामा, सिमान्त गुरुङ, सन्तोष खत्री, भीमबहादुर थापा मगर, अनिल साइ, जितेन्द्र परियार र कमलबहादुर भण्डारी क्वाटरफाइनलमा पुगे । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, विमलकुमार गुरुङ, मानबहादुर कटुवाल र महेश श्रेष्ठले क्वाटरफाइनल यात्रा तय गरे ।

यु–८ ब्वाइज सिंगल्समा भिरल अग्रवालले रिधन श्रेष्ठलाई १०–३ र १०–८ तथा जिवश भट्टराईले साहंस बस्नेतलाई १०–७ र १०–३ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे । सो स्पर्धाको गल्र्समा निम्ति कुँवरले इरिस श्रेष्ठलाई १०–८ र १०–३ तथा तभिसी राणाले येशी पाख्रिन तामाङलाई सीधा सेटमा १०–५ र १०–८ ले हराउदै स्वर्ण भिडन्त पक्का गरे ।

यु–१२ ब्वाइज सिंगल्समा स्पन्दन उदासले सांज्ञ रोकालाई ६–३ र ६–३ तथा विश्वविशेष डल्लाकोटीले अर्याशराज पौडेललाई ६–३ र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान बनाए ।

यु–९ ब्वाइज सिंगल्समा सभ्यजंग कार्की र निश्चल ज्ञवाली सेमिफाइनलमा पुगे । त्यसै स्पर्धाको गल्र्समा सरा पन्त, जिवाश्री भट्टराई, निम्ति कुँवर र थिअ श्रेष्ठले सेमिफाइनलमा स्थान पक्का गरे । यु–१० ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी, अर्याशराज पौडेल र निश्चल ज्ञवाली सेमिफाइनलमा पुग्न सफल भए । उक्त स्पर्धाको गल्र्समा सरा पन्त, स्वरह थापा, अनुश्री धोजु र जेनिशा ज्ञवालीले सेमिफाइनल यात्रा तय गरे ।

यु–१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी, निशाद जोशी, दर्शिल श्रेष्ठ र वृजेश अर्यालले सेमिफाइनलमा स्थान बनाए । सोही स्पर्धाको गल्र्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर, कर्मिस्था श्रेष्ठ र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप