प्रभाव पार्न सक्ने खेलाडी - इक्राम अलिखिल (अफगानिस्तान)
काठमाडौँ । अफगानिस्तानका युवा खेलाडी हुन्, इक्राम अलिखिल । भर्खरै २३औँ वर्षमा प्रवेश गरेका अलिखिलले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको पनि लामो समय भएको छैन । उनले देशका लागि हाल टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामात्र खेलेका छन् ।
उनले टेस्ट पनि एउटामात्र खेलेका छन् । अलिखिलले टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा त ‘डेब्यू’ गर्ने अवसरसमेत पाएका छैनन् । जारी विश्वकपमै पनि उनले सबै खेल खेलेका छैनन् । उनी टोलीका विकेटकिपर ब्याट्सम्यान हुन् ।
जारी विश्वकपमा केही अप्रत्यासित नतिजा निकाल्दै हालसम्म आफूलाई सेमिफाइनलको दौडमा कायम राखेको अफगानिस्तानले यी युवा ब्याट्सम्यानबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । उनको उत्कृष्ट लयलाई ध्यानमा राख्दै कम अनुभवका बाबजुद उनलाई विश्वकपको टोलीमा समावेश गरिएको हो ।
यो विश्वकपको बंगलादेश र भारतविरुद्धको खेलमा उनी मैदानमा ओर्लिएका थिएनन् । साबिक विजेता इङ्ल्यान्डविरुद्धको खेलमा उनी पहिलो पटक मैदानमा ओर्लिएका थिए । त्यो खेलमा छैटौँ नम्बरमा क्रिज समाल्न आएर उनले ६६ बलमा ५८ रन बनाएका थिए । उक्त खेलमा अफगानिस्तानले इङ्ल्यान्डलाई ६९ रनले हराएको थियो ।
न्युजिल्यान्डविरुद्धको खेलमा पनि उनले अविजित १९ रन बनाएका थिए । उनले देशका लागि हालसम्म १९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय खेलको १५ पालीमा उनले २८.६३ को औसतले कुल तीन सय १५ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले तीनवटा अर्धशतक बनाएका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर ८६ रन हो । एकदिवसीय खेलमा उनले सात क्याच लिएका छन् भने चारवटा स्टम्पिङ पनि गरेका छन् ।
यसैगरी उनले देशका लागि खेलेको एकमात्र टेस्टमा सात रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले चार क्याच लिएका छन् भने एउटा स्टम्पिङ पनि गरेका छन् । उनले सन् २०१९ को मार्च २ मा आयरल्यान्डविरुद्ध खेल्दै एकदिवसीय खेलमा ‘डेब्यू’ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण