आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पहिलो जागिरबाट ५० रुपैयाँ तलब थापेका कैलाश, अहिले एउटै गीतका लागि लिन्छन् १० लाख रुपैयाँ

मङ्गलबार, २१ कात्तिक २०८०, १२ : ०७
मङ्गलबार, २१ कात्तिक २०८०

मुम्बई । कैलाश खेरको आवाज मन नपराउने त को नै होला र ? विश्वभर उनको करोडौं फ्यान छन् । गायनकै लागि सन् २०१७ मा उनले भारत सरकारबाट पद्य श्री पुरस्कार पनि पाए । अहिले कैलाशको सङ्गीत ब्यान्ड भारतको सबैभन्दा बिजी ब्यान्डमा पर्दछ । 

देश–विदेशमा कन्सर्टमा गइरहन्छ । तर यहाँसम्म उनको यात्रा सहज भने छँदै थिएन । गायनका शुरुआती दिनमा एक पछि अर्को रिजेक्शन र असफलताका कारण कुनै समय उनी आत्महत्या नै गर्ने मनस्थितिमा पुगिसकेका थिए ।

तर अहिले उनको दिन चम्किएको छ । आफ्नो  पहिलो जागिरबाट जम्मा ५० रुपैयाँ तलब थापेको कैलाशले एउटा गीत गाएकै अहिले १० लाख रुपैयाँ लिन्छन् । कैलाश खेर अहिले बलिउडको दिग्गज गायक मध्ये एक हुन् । आफ्नो सपना पूरा गर्न उनले १४ वर्षको उमेरमै घर छाडेका थिए । उनी बाल्यकालदेखि नै सङ्गीतको शौकिन थिए । 

उनका पिता लोक गायक थिए । ४ वर्षको उमेर देखि नै उनले गीत गाउन सुरु गरेका थिए । तर संगितमा उनको यात्रा सहज भने रहेन । सानै उमेरमा घर छाडेर गायनमा करियर बनाउन हिँडे । सानातिना काम गरेर गुजारा चलाउँथे । केही काम नै नपाएपछि बच्चाहरूलाई सङ्गीत सिकाउन सुरु गरे । त्यति बेला उनले ५० रुपैयाँ फिस लिन्थे ।

पछि उनी उत्तराखन्ड गए । अनि गंगा किनारमा आरतीको समयमा गीत गाउँथे । त्यही आरती सुन्ने एक सन्तको प्रेरणामा उनी मुम्बई आए । तर शुरुआती यात्रा सहज थिएन । सुरुमा जिंगल्स गाउन थाले । बिस्तारै उनका गीतहरू पनि चल्न थाले । बलिउडमा अवसर पाए । बलिउडमा पहिलो पटक अक्षय कुमारको अन्दाजमा ‘रब्बा इश्क न होवे’ गीत गाएपछि उनी रातारात स्टार बने । त्यसपछि उनले कहिले पनि पछाडि फर्केर हेर्नु परेन । 

५० रुपैयाँबाट यात्रा सुरु गरेका कैलाशको अहिले ३ करोड ५० लाख डलर नेटवर्थ छ । उनले अहिले एउटा गीतका लागि ९ देखि १० लाख रुपैयाँ लिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप