करेन्ट लागेर झापामा दुई जनाको मृत्यु
झापा । झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । दमक नगरपालिका-३ धङधङस्थितमा खोल्सीमा निर्माणाधीन पुलमा काम गर्ने कामदार भोजपुर, भोजपुर नगरपालिका-११ बस्ने ४५ वर्षीय चंखबहादुर सार्कीको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी कन्काई नगरपालिका-६ चप्रामारी बस्ने ३६ वर्षीय राम कुमार श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
सोही नगरपालिका-३ जय पथिभारा टोल बस्ने हरिहर पराजुलीको घरमा टिनको छाना लगाउन रड बोक्ने क्रममा विद्युत्को तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
-
बझाङ दुर्घटना : स्थानीय तहबाट न्यूनतम साढे दुई लाख सहयोग गर्ने निर्णय
-
भाषा र संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण