कीर्तिपुर क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने जिम्मा एमएसआईपीएल-एएससी पावरलाई
मङ्गलबार, २१ कात्तिक २०८०, १५ : ३०
काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्ने जिम्मेबारी सिनामंगलस्थित एमएसआईपीएल-एएससी पावर जेभीले पाएको छ । दोस्रो पटक आव्हान गरिएको टेन्डरबाट ‘फ्लड लाइट’ निर्माणको जिम्मा उक्त कम्पनीले पाएको हो ।
‘फ्लड लाइट’ जडानपछि कीर्तिपुर क्रिकेट मैदानमा दिवा—रात्रि खेलका लागि सुविधा उपलब्ध हुनेछ । उक्त कम्पनीले २७ करोड ४० लाख दुई हजार २२ रुपैयाँमा ‘फ्लड लाइट’ जडानको ठेक्का पाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङका अनुसार, आगामी चारदेखि पाँच महिनाभित्र कीर्तिपुर क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडानको कार्य सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण