पुल बनेपछि चार जिल्लाबासीलाई सहज
स्याङजा । कालीगण्डकी लोकमार्गअन्तर्गत आँधीमुहानस्थित आँधीखोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । स्याङ्जाका पश्चिम, पर्वतका दक्षिण, गुल्मी र बाग्लुङ जिल्लाका पूर्वी भागका नागरिकलाई गल्याङ, पाल्पा, बुटवल, नारायणगढ, दाङ र भारतसमेत जान सबैभन्दा छोटो मानिएको बिहादी–सेतीवेणी–मिर्मी सडक खण्डअन्तर्गत आँधीमुहानमा पुल बनेपछि सहज भएको हो ।
यहाँका स्थानीयहरु उच्चस्तरको स्वास्थ्य सेवा लिन, व्यापारीका लागि मालसमान ढुवानी गर्न सेतीवेणी–मिर्मी सडक खण्डमा पर्ने खबरको वनको पैदलमार्ग प्रयोग गर्दै आएका थिए । निकै पुरानो मानिएको सेतीवेणी बजार, पुर्तीघाट बजार, बाग्लुङको छिस्दीलगायत व्यापारीले दुई दशकअघिसम्म भरिया लगाएर खबरको वनको बाटो मालसामान ढुवानी गर्ने गरेको पाइन्छ ।
कालीगण्डकी लोकमार्गअन्तर्गत गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका जोड्ने सेतीवेणी–मिर्मी सडक खण्ड १० किलोमिटर दूरीमा अवस्थित छ । यही सडक खण्डलाई जोड्ने गरी रायमाझी÷राजेश्वरी÷पिटिआर अधिकारी जेभीले आँधीखोलामा ट्रस ब्रिज निर्माण गरेको इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिए । उनले हाल पुल निर्माण सकिएर सर्वसाधारणका लागि खुला गरिएको बताए। आचार्यका अनुसार पुल श्र नौ करोड ६२ लाख ७९ हजार ९३ ठेक्का सम्झौता भएको थियो ।
अहिले स्याङजा–पर्वत खण्डको सडक निर्माणले तीव्रता पाएको छ । स्याङजा–पर्वतको ५३ किलोमिटरमध्ये सेतीवेणी–मिर्मी सडकको काम महादेव खिम्ती÷आन्जना÷पराजुली जेभी लम्जुङले निर्माण जिम्मा लिएर अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण