भूकम्प प्रभावित क्षेत्रका मेयरको आक्रोश–भेरी नगरको आकाशमा हेलिकोप्टर आतंक बन्द गर
मङ्गलबार, २१ कात्तिक २०८०, १८ : २९
जाजरकोट । भूकम्पबाट प्रभावित भएको जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले भीआईपीहरुको हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर घर्तीले विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न आग्रह गरेका हुन् ।
उनले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज्न पनि चेतावनी दिएका छन् । भेरी नगरपालिका सदरमुकाम समेत रहेको नगरपालिका हो । यहाँ दैनिक नेपाली सेनाको हेलिकप्टरमा भीआईपीहरु सवार हुने गरिरहेका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा त्यहाँ पुगेका थिए । यस्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सेनाकै हेलिकोप्टरमा ओहोर–दोहोर गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
-
किसानलाई करिब तीन करोड अनुदान
-
महिला टी–ट्वान्टी क्रिकेट: एपीएफ र कोशी उपाधिका लागि भिड्ने
-
एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण