नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय
काठमाडौं । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका थिए।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अनुसार उत्तर कोरियाली राजदूतले नेपालको आफ्नो दूतावास बन्द गर्न लागेको प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको बताए। उत्तर कोरियाली राजदूत मेनले सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए।
प्रधानमन्त्रीलाई जानकारी गराएसँगै नेपालस्थित उत्तर कोरियाली दूतावासले नेपाल छाड्ने तयारी सुरु गरेको छ। ललितपुरको झम्सिखेलमा दूतावासको कार्यालय रहेको छ। परराष्ट्र मन्त्रालयलाई समेत उत्तर कोरियाली दूतावासले आफ्नो निर्णयबारे जानकारी गराइसकेको छ। अहिले सीमित कर्मचारी राखेर उत्तर कोरियाले आफ्नो दूतावास सञ्चालन गर्दै आएको थियो।
उत्तर कोरियाली दूतावास बन्द गर्ने निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए। प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै परराष्ट्र सल्लाहकार सापकोटाले अन्नपूर्णसँग भने, ‘दूतावास बन्द गर्ने निर्णयबाट म दुःखि छु। म आशा गर्छु उत्तर कोरियाले छिट्टै आफ्नो दूतावास पुनः सञ्चालनमा ल्याउने छ।’
परराष्ट्र सल्लाहकार सापकोटा, प्रधानमन्त्री प्रचण्ड र राजदूत जो योङ मेनबीच भएको छलफलमा सहभागी थिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण