आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निकेशले ल्याए देउसी र भैलो

बुधबार, २२ कात्तिक २०८०, १२ : ४९
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । तिहार नजिकिँदै गर्दा धमाधम तिहार गीतहरू सार्वजनिक हुन थालेका छन् । यस्तैमा गायक निकेश राईले तिहार गीत ‘देउसी र भैलो’ सार्वजनिक गरेका छन् । गीतमा निकेश राईकै शब्द, संगीत छ । गीतको संगीत संयोजन सुशील भट्टराईले गरेका हुन् ।

गीत राजधानीमा आयोजित एक समारोहकाबीच सार्वजनिक गरिएको हो । ब्रिटिस आर्मीका मेजर योगेश कोयी राई, कलाकार अनुषा राई, अनिल कोयी राईको अलावा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झा लगायतले संयुक्त रूपमा गीत सार्वजनिक गरे ।

गीतको भिडियोमा ‘मिसेस वर्ल्ड नेपाल २०२३’की प्रतियोगी आयुष्मा राई र मेजर योगेश कोयी राईको अभिनय छ । तिहार लक्षित ‘देउसी र भैलो ल्याएको बताएका गायक राइले गीत दर्शकले रुचाउने अपेक्षा गरेको सुनाए ।

अनिल कोयी राईको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाईंको छायाङ्कन, अमृत चापागाईंको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप