पाँच राउण्ड गोली र लागुऔषधसहित २ जना किशोर पक्राउ
बुधबार, २२ कात्तिक २०८०, १३ : ४०
सप्तरी । प्रहरीले सप्तरीको खड्क नगरपालिका–११ स्थित बनौलीबाट ५ राउण्ड गोली र लागुऔषध सहित दुईजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–२ बस्ने १९ वर्षीय धर्मजितकुमार यादव र सप्तरी खड्क नगरपालिका–११ बनौली बस्ने १८ वर्षीय किशोर छन् ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितको साथबाट थ्रिनटथ्रि राइफलको ५ राउण्ड गोली बरामद गरेको छ । किशोरको साथबाट गाँजा २० ग्राम र लागूऔषध नाइट्राभेट २ ट्याब्लेट बरामद गरेको छ । मंगलबार साँझ पक्राउ गरेर उनीहरुबारे ईप्रका कल्याणपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण