जगदम्बा स्टिल उद्योगका मजदुरको ट्रकको ठक्करबाट मृत्यु
बुधबार, २२ कात्तिक २०८०, २० : २५
बारा । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगका एक सरसफाइकर्मी मजदुरको ट्रकले किचेर मृत्यु भएको छ । रोकिराखेको प्रदेश ०२–०३–००१ ख ५९६ नम्बरको लहरीको छेउमा काम गरिरहेको अवस्थामा सोही गाडीले किचेर स्थानीय २३ वर्षीय उज्ज्वल कार्कीको ज्यान गएको हो ।
कार्की जीतपुरसिमरा वडा नं २ का स्थानीय हुन् । कार्कीसँगै रहेका एक जना भने भागेर ज्यान जोगाएका छन् । इलाका प्रहरी कार्यालय सिमराले गाडी चालक र सहचालकलाई नियन्त्रणलाई लिएको छ ।
ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले पक्राउ परेका चालकको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् । कार्कीको मृत्यु लगत्तै सार्वजनिक भएको सिसी क्यामरा फुटेज पनि सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको सत्याग्रहबारे मन्त्रीलाई बोलाउन संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण