शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जगदम्बा स्टिल उद्योगका मजदुरको ट्रकको ठक्करबाट मृत्यु

बुधबार, २२ कात्तिक २०८०, २० : २५
बुधबार, २२ कात्तिक २०८०

बारा । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगका एक सरसफाइकर्मी मजदुरको ट्रकले किचेर मृत्यु भएको छ । रोकिराखेको प्रदेश ०२–०३–००१ ख ५९६ नम्बरको लहरीको छेउमा काम गरिरहेको अवस्थामा सोही गाडीले किचेर स्थानीय २३ वर्षीय उज्ज्वल कार्कीको ज्यान गएको हो ।  

कार्की जीतपुरसिमरा वडा नं २ का स्थानीय हुन् ।  कार्कीसँगै रहेका एक जना भने भागेर ज्यान जोगाएका छन् । इलाका प्रहरी कार्यालय सिमराले गाडी चालक र सहचालकलाई  नियन्त्रणलाई लिएको छ । 

ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले पक्राउ परेका चालकको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् । कार्कीको मृत्यु लगत्तै सार्वजनिक भएको सिसी क्यामरा फुटेज पनि सार्वजनिक भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप