हलिउडको हड्ताल आजदेखि सकिने
लस एञ्जलस । हलिउडमा महिनौंदेखि चलिरहेको हड्ताल अन्त्य हुने भएको छ । कलाकारहरुको संगठन साग–आप्mत्राले हलिउडका स्टुडियोहरुसँग ११८ दिनदेखिको बन्द हड्ताल अन्त्य गर्न (मोटामोटी सम्झौता) सर्वसम्मत रुपमा सहमति गरेको छ ।
हड्ताल बिहीबारदेखि सकिने बताइएको छ । सम्झौताका थप विवरणहरु भने शुक्रबार सार्वजनिक गरिनेछ । उच्च तलब र एआईको प्रयोगबाट आफूलाई सुरक्षित गर्नुपर्ने माग राख्दै कलाकारहरु बन्द हड्तालमा उत्रिएका थिए ।
हलिउडका लेखकहरुको समूहले भने पाँच महिनापछि सेप्टेम्बरमा हड्ताल अन्त्य गरेका थिए । साग–आफ्त्रामा हलिउडका १ लाख ६० हजार सदस्य छन् । जुलाई १४ देखि जारी बन्द हड्तालका कारण हलिउडमा फिल्मको छायांकन प्रभावित भइरहेको थियो ।
हडतालका कारण डिज्नी÷मार्भलको ब्लेड, ड्युनः पार्ट २ र फन्टास्टिक फोर जस्ता फिल्महरु महिनौंदेखि अड्किरहेका छन् । एभेञ्जर्सः द काङ डाइनाष्टी र एभेञ्जर्सः सेक्रेट वार्सको शुटिङ एक वर्ष पछाडि सरेका छन् ।
कलाकार र लेखकहरुको हड्तालका कारण हलिउडलाई ६ अर्ब ५० करोड डलर घाटा भएको अनुमान गरिएको छ । हलिउडका स्टार कलाकारहरुले एउटै फिल्मबाट दशौं लाख, करोड पारिश्रमिक लिने गरेका छन् । तर पछिल्लो समय महँगी र एआई लगायत प्रविधिहरुले फिल्म उद्योगमा ल्याएको परिवर्तनका कारण साना कलाकारहरु मारमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण