आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको केन्द्रीय समिति बैठक पुस १–३ मा बस्ने

बिहीबार, २३ कात्तिक २०८०, १६ : ५६
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सो पार्टीको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी पुस १ गतेदेखि ३ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो । 

बैठकपछि जारी विज्ञप्तिमा पार्टी विधानमा भएका केही अस्पष्टता र विधान कार्यान्वयनमा देखिएका जटिलताको पुनरावलोकन गर्न सल्लाहकार समितिका संयोजक निरञ्जन थापाको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिलाई जिम्मेवारी दिएको उल्लेख छ । समितिलाई अर्को बैठकमा प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ । 

राप्रपाले जाजरकोट भूकम्प र सङ्कटमा सरकारी राहत, उद्धार र पुनर्निर्माण छलफल गर्न सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्रीसँग माग गरेको छ । राप्रपाले राजनीतिक दबाब र प्रभावमा राहत वितरणमा एकरूपता नभएको गुनासो आएकाले वास्तविक पीडितलाई राहत पाउनबाट वञ्चित नगर्न माग समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप