राप्रपाको केन्द्रीय समिति बैठक पुस १–३ मा बस्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सो पार्टीको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी पुस १ गतेदेखि ३ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा पार्टी विधानमा भएका केही अस्पष्टता र विधान कार्यान्वयनमा देखिएका जटिलताको पुनरावलोकन गर्न सल्लाहकार समितिका संयोजक निरञ्जन थापाको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिलाई जिम्मेवारी दिएको उल्लेख छ । समितिलाई अर्को बैठकमा प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ ।
राप्रपाले जाजरकोट भूकम्प र सङ्कटमा सरकारी राहत, उद्धार र पुनर्निर्माण छलफल गर्न सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्रीसँग माग गरेको छ । राप्रपाले राजनीतिक दबाब र प्रभावमा राहत वितरणमा एकरूपता नभएको गुनासो आएकाले वास्तविक पीडितलाई राहत पाउनबाट वञ्चित नगर्न माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण