बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए

बुधबार, २४ असार २०८३, ०० : ०९
बुधबार, २४ असार २०८३

सारांश

  • अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले इजिप्टविरुद्धको विश्वकप खेलमा पुनरागमन जितपछि मैदानमा आँसु झारेका छन्।
  • यो जितले मेस्सीलाई यस विश्वकपमा ८ गोलसहित गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि पुर्याएको छ।
  • मेस्सीले खेलमा एक असिस्ट र एक गोल गरे, जसले अर्जेन्टिनालाई ३-२ को जित दिलायो।

अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध सानदार पुनरागमन जित निकालेपछि अर्जेन्टिनी कप्तान लियोनल मेस्सी मैदानमै रोएका छन्।

 ७८ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनालाई १३ मिनेटको अन्तरालमा ३ गोल गर्दै जित दिलाएपछि मेस्सी निकै भावुक बनेका हुन्।

 पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आफ्नो टीम स्पेनसँग हारेर विश्वकपबाट बाहिरिँदा आँसु झार्दै बिदा भएका थिए भने आज मेस्सीको आँखामा पुनरागमन जितको खुसीको आँसु थियो।

यो जितसँगै मेस्सी यस विश्वकपको गोल्डेन बुटको दौडमा पनि सबैभन्दा अगाडि पुगेका छन्। इजिप्टविरुद्धको गोलसँगै मेस्सीको यस संस्करणमा कुल गोल संख्या ८ पुगेको छ। उनले फ्रान्सका केलियन एमबाप्पे र नर्वेका अर्लिङ हालान्डलाई पछि पारेका छन् । एमबाप्पे र हालान्डको नाममा समान ७ गोल रहेको छ। यस्तै, विश्वकप इतिहासमा मेस्सीको कुल गोल संख्या २१ पुगेको छ, जुन एमबाप्पेको भन्दा दुई गोल बढी हो।
एटलान्टा स्टेडियममा मंगलबार राति भएको भएको खेलमा मेस्सीका लागि सुरुवात निकै कठिन रहेको थियो। खेलको २२ औँ मिनेटमा उनले प्रहार गरेको पेनाल्टी इजिप्टका गोलकिपर मोस्टाफा शोबेइरले बचाएका थिए। तर, खेलको अन्त्यतिर मेस्सीले आफ्नो जादू देखाए। ७९ औँ मिनेटमा रोमेरोको गोलमा असिस्ट गरेका मेस्सीले ८३ औँ मिनेटमा आफैँले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा ल्याएका थिए। अन्ततः ९०+२ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप