सबै ब्राण्डका विद्युतीय सवारी साधनलाई अनुमति दिन आवश्यक : घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रने सबै ब्राण्डका विद्युतीय सवारी साधनलाई अनुमति दिन आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । उनले सरकारले चलिरहेको विद्युतीय ट्याक्सी मात्रै चलाउन सहमति दिने नीति लिनु गलत भएको बताए । उनले नेपालमा जुनसुकै ब्राण्डका ट्याक्सी आएपनि त्यो सबैलाई सहमति दिन आवश्यक रहेको बताए । उनले नेपालमा व्यवसायीहरुले जुन ट्याक्सी ल्याउँछु भने पनि सबैलाई सहमति दिन आवश्यक रहेको बताए ।
निर्देशक घिसिङले एक जनालाई मात्रै मानोपोली गर्न दियो भने त्यसको लागत र मूल्य सबैमाथि रहने बताए । उनले विद्युतीय सवारी साधनहरुलाई पनि सडक अनुमति पत्र खुला गर्न आवश्यक रहेको बताए । उनले सरकारले जुनसुकै ब्राण्डको ट्याक्सीहरुलाई पनि अनुमति दिने र पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतमा प्रतिस्थापनको लागि केही सहुलियत दिन आवश्यक रहेको बताए ।
निर्देशक घिसिङले नेपालमा १०० वटा सवारी साधन भित्रँदा ७० वटा विद्युतीय सवारी साधन मात्रै भिक्र्न थालेको बताए । उनले अहिलेसम्म १० देखि १५ हजार विद्युतीय सवारी साधन भित्रिएको बताए । उनले पछिल्लो समय हरेक रुटमा विद्युतीय सार्वजनिक माइक्रो बस पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भन्दा विद्युतीय सवारी साधनको लागत १५ गुणा सस्तो रहेको बताए । उनले अब बुझ्नेहरु मानिसहरु कसैले पनि डिजेल पेट्रोलबाट चल्ने सवारी साधन नकिन्ने बताए ।
निर्देशक घिसिङले विद्युतीय सवारी साधन मात्रै सञ्चालन गर्न सके ६ खर्बको आयातलाई २० अर्बको विद्युत् खपत गर्दा पूर्ण रुपमा आयात प्रतिस्थापन हुने बताए । उनले ५ खर्बको डिजेल पेट्रोल आयातलाई बन्द गर्ने र ७ खर्बको निर्यात गर्ने हो भने नेपालको व्यापार घाटा शून्यमा झार्न सकिने बताए । उनले व्यापार घाटामा नेपाल पोजेटिभतिर जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण