काठमाडौँ महानगरले माग्यो करार कर्मचारी
शुक्रबार, २४ कात्तिक २०८०, ०८ : ३९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ ।
फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आव्हान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन अनलाइनमार्फत नै दिन सकिनेछ ।