आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

धनतेरसका दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

शुक्रबार, २४ कात्तिक २०८०, ११ : ०९
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौं । कात्तिक कृष्ण द्वादशी अर्थात् आज धनतेरस । नेपाली बजारमा आज सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढ्दै १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्न पुगेको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

उसो त आज धनतेरसका दिन सुनचाँदी, असर्फीको कारोबार धेरै हुने हुँदा पनि मूल्य बढेको हो । आज सुनचाँदीको असर्फी गृह प्रवेश गराउँदा धन बढ्ने र फलिफाप हुने धार्मिक विश्वास छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप