प्रहरीका ५ जना एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षकहरु (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार ५ जना प्रहरी उपरीक्ष (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएपी) मा बढुवा सिफारिस भएका हुन् ।
गृहमन्त्रालय बढुवा समितिको सचिवालयका अनुसार वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा सिफारिस हुनेहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा कार्यरत बसन्त रजौरे, नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत रविकुमार पौडेल,काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नं २ महाराजगञ्जमा कार्यरत नवीनराज राई, लुम्बिनी प्रदेश प्रहरी कार्यालय, मानवश्रोत व्यवस्थापन महाशाखा दाङमा कार्यरत वीरबहादुर ओली र काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत चन्द्रदेव राई रहेका छन् ।
सचिवालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण