कैलालीमा देउसी भैलो खेल्ने समय ९ बजेसम्म खुम्चाएपछि युवा संघको आपत्ति
धनगढी । कैलालीको स्थानीय प्रशासनले तिहारमा देउसी भैलोको समय राति ९ बजेसम्म सीमित पारेपछि एमाले निकट राष्ट्रिय युवा संघले आपत्ति जनाएको छ ।
युवा संघ कैलाली जिल्ला अध्यक्ष लक्ष्मण थापाले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनको सो निर्णयको विरोध जनाएका हुन् । योसँगै युवा संघले तिहारमा देउसी भैलो १२ बजेसम्म खेल्न दिन प्रशासनसँग माग गरेको हो ।
विज्ञप्तिमा भनिएको छ,‘आयातित विदेशी संस्कृतिको नाममा रातभरि गरिने क्रियाकलापमा आधारित संस्कृतिमा सुरक्षा प्रदान गर्न सक्ने । नेपालीहरूको महान् पर्व दीपावलीको अवसरमा जम्मा १२ बजेसम्म पनि सुरक्षा दिन नसक्ने अवस्था किन आयो ?’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस दीपावलीको अवसरमा खेलिने देउसी भैलोलाई राति १२ बजेसम्म खेल्ने वातावरण सृजना गराइदिन जिल्ला प्रशासन कार्यालय समक्ष अनुरोध गर्दछौँ ।’
यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न सूचना जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण