विश्वकप क्रिकेट : ‘नकआउट’ चरणमा दुवै टिमको स्कोर बराबर भएमा कसरी निकालिन्छ नतिजा ?
काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आइतबार लिग चरणको अन्तिम खेल भइरहेको छ । लिग चरणको अन्तिम खेलका रुपमा भारत र नेदरल्याड्स प्रतिस्पर्धा गरिरहेका छन् ।
विश्वकप क्रिकेटमा सेमिफाइनल समीकरणसमेत पूरा भइसकेको छ । जसअनुसार भारत र न्युजिल्याण्ड तथा दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच सेमिफाइनल खेल हुने छ ।
लिग चरणमा दुवै टिमको स्कोर बराबर भएको खण्डमा दुवै टोलीलाई एक–एक अंक दिने गरिन्छ तर नकआउट चरण अर्थात् सेमिफाइनल र फाइनलमा भने कुनै एक टोली विजेता हुनैपर्ने भएकाले पनि स्कोर बराबर भएको अवस्थामा के होला भन्ने कौतुहलता जाग्नु स्वाभाविक हो ।
स्कोर बराबर भएको अवस्थामा ‘सुपर ओभर’ खेलाइन्छ भन्ने धेरैलाई थाहा भएकै विषय हो । तर, विश्वकप २०१९ को फाइनलमा निर्धारित ५० ओभरमा मात्र नभएर सुपर ओभरमा पनि स्कोर बराबरी भएको थियो । त्यतिबेला बाउन्ड्री कसले बढी प्रहार ग¥यो भन्ने आधारमा विजेता चयन गरिएको थियो, जो विवादास्पद पनि भयो । त्यसपछि बाउन्ड्रीका आधारमा विजेता छान्ने तरिका हटाइयो ।
जारी विश्वकप प्रतियोगितामा सेमिफाइनल वा फाइनल खेलमा स्कोर बराबरी भएमा सुपर ओभर खेलाइने छ । सुपर ओभरमा पनि बराबरी भएको अवस्थामा त्यतिन्जेलसम्म सुपर ओभर नै खेलाइन्छ, जतिबेलासम्म कुनै एक टिम विजयी हुँदैन । अर्थात्, स्कोर बराबरी भएको अवस्थामा सुपर ओभरलाई नै निरन्तरता दिएर नतिजा निकालिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा सुर्खेतमा डुबेर एक जनाको मृत्यु
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण