तीन महिनामा बैंकहरुले २ खर्ब ३९ अर्ब तरलता उपयोग गरे
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले २ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी तरलता उपयोग गरेका छन् । केन्द्रीय बैंकमार्फत स्थायी तरलता सुविधा, ओभरनाइट तरलता सुविधाबापत बैंक तथा वित्तीय संस्थाहरुले कूल २ खर्ब ३९ अर्ब ४९ करोड रुपैयाँ तरलता (कारोबारमा आधारित) उपयोग गरेका हुन् ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत २ खर्ब ३८ अर्ब २९ करोड उपयोग गरेको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद २३ खर्ब ५५ अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब २५ करोड ६३ लाख खुद खरिद गरी १ खर्ब ६६ अर्ब ५४ करोड तरलता प्रवाह गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब १९ करोड ९७ लाख खुद खरिद गरी १ खर्ब ५४ अर्ब ४ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ७२ करोड बिक्री गरी ९५ अर्ब ५४ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड बिक्री गरी १ खर्ब ३० अर्ब ४१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण