लुम्बिनी प्रदेशका मन्त्रीहरूको तिहार : कोही अमेरिकामा, कोही टीका नलगाउने मुडमा
बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित ७ मन्त्रीहरूले यो वर्षको तिहारमा आआफ्नो तरिकाले दिदी बहिनीको हातबाट टीका लगाउने तयारीमा रहेका छन् ।
७ मन्त्रीमध्ये एक जना मन्त्रीले अमेरिकामा टीका लगाउने छन् भने अर्को एक जना मन्त्री टीका नलगाउने मुडमा छन् ।
अन्य ५ मन्त्रीहरूले कार्तिक २९ गतेको परेको भाइटिका आआफ्नो तरिकाले लगाउने तयारीमा रहेको रातोपाटीलाई बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेको तिहारको भाइटिका दाङको तुलसीपुर नगरपालिका–६, डुम्रीमा हुन्छ । मुख्यमन्त्रीका ४ दिदी बहिनी र ४ दाजुभाइ रहेका छन् ।
तुलसीपुरमा मुख्यमन्त्री चौधरीको घरमा आमा पनि सँगै बस्ने भएकोले मुलघरको रूपमा सबै दिदीबहिनीहरू भेला भएर टीका लगाउने तयारीमा रहेको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल भट्टराईले बताए ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्म बहादुर चौधरीले बर्दियाको राजपुर नगरपालिका–७ स्थित जेठा दाजु पुनाराम थारुको घरमा दिदीको हातबाट टीका लगाउने मन्त्री चौधरीले बताए ।
उता, भूमि कृषि तथा व्यवस्था मन्त्री भण्डारीलाल अहिरले बाँकेको डुडुवा–३ स्थित आफ्नै घरमा भाइटिका लगाउने छन् । उनलाई दुई बहिनीले सधैँको वर्षजस्तै घरमै आएर टीका लगाइदिने मन्त्री अहिरले जनाए ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले रुपन्देहीको सिद्धार्थनगरपालिका–४ स्थित आफ्नो घरमा तिहारको भाइटिका लगाउँछन्। दाइसँगै सगोलमा बस्दै आएका गृहमन्त्री पाण्डेलाई दुई दिदीहरुले टीका लगाउने कार्यक्रम रहेको छ ।
उनले भने, ‘हामी दाजु सँगै छौ, छुट्टिएको अवस्था छैन । दिदीहरु यही आउनुहुन्छ । अनि, सधैँको वर्षजस्तै यस वर्ष पनि टीका लगाइदिनुहुन्छ ।’
अर्थमन्त्री धन बहादुर मास्कीले सधैँझैँ अहिले पनि दाङ, बबईको घरमा दिदीसँग टीका लगाउने छन् । उनी हरेक वर्ष दिदीबाट सोही ठाउँमा टीका लगाउने गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
यता, लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको टीका यस वर्ष अमेरिका हुनेछ। हाल उपचारको लागि खनाल अमेरिका गएका छन्। उनका दिदी बहिनी अमेरिकामै रहेकाले उतै तिहारको टीका लगाउने खनालका प्रेस संयोजक सन्तोष सुवेदीले रातोपाटीलाई बताए ।
यसैगरी, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता भाइटिका लगाउने मुडमा छैनन् । उनले कहिलेकाहीँ राखी बाँध्नेबाहेक अन्य चाडपर्व आफूले नमानेको जनाए ।
दसैँ, तिहारजस्ता पर्वहरूमा धनीहरूले खर्च गरेर गरिबको मनमा चोट पुर्याउने जस्तो देखिएको आफ्नो बुझाई भएकोले आफूले अहिले यस्ता चाड नमान्ने उनको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : स्वास्थ्यमन्त्री घिमिरेलाई प्रवक्ताकाे जिम्मेवारी
-
कर्णालीमा रास्वपा : डोल्पा बाहेक सबैतिर वडादेखि जिल्लाको नेतृत्व चयन
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण