उपाधि यात्राबाट बाहिरिएपछि पाकिस्तानका बलिङ प्रशिक्षक मोर्केलले दिए राजीनामा
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका बलिङ प्रशिक्षक मोर्ने मोर्केलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाकिस्तानी टोली भारतमा जारी आईसीसी एक दिवसीय विश्वकपको प्रारम्भिक चरणबाट बाहिरिएसँगै उनले पदबाट राजीनामा दिएका हुन् ।
पाकिस्तानी टोली जारी विश्वकपको प्रारम्भिक चरणको आफ्नो अन्तिम खेलमा पनि साबिक विजेता इङ्गल्यान्डसँग ९३ रनले पराजित भएको थियो । त्यसको दुई दिनपछि ३९ वर्षीय मोर्केलले पदबाट राजीनामा दिएका हुन् ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि मोर्केलले राजीनामा दिएको समाचारको पुष्टि गरेको छ । मोर्केलले विश्वकपमा पाकिस्तानी टोलीको हारको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिइएको समाचारमा जनाइएको छ ।
मोर्केलले पाकिस्तानी टोलीमा रहेर तिब्रगतिका बलरहरूलाई प्रशिक्षण दिँदै आएका थिए । दक्षिण अफ्रिकाका पूर्व खेलाडी मोर्केलले पाकिस्तान क्रिकेट बोर्डसँग गत जुनमा ६ महिनाका लागि सम्झौता गरेका थिए ।
पीसीबीले मोर्केलको स्थानमा छिट्टै नयाँ बलिङ प्रशिक्षक ल्याउने जनाएको छ । विश्वकप यात्राबाट फर्किएलगत्तै पाकिस्तानले अस्ट्रेलियासँग तीन टेस्टको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । पाकिस्तानी टोलीले जारी विश्वकपको प्रारम्भिक चरणमा नौमध्ये चार खेलमा मात्र जित हात पार्न सकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण