पोखरा महानगरले बिक्री नभएका फूल र मालाको २० रुपैयाँ प्रोत्साहन दिने
मङ्गलबार, २८ कात्तिक २०८०, २० : १५
गण्डकी । पोखरा महानगरपालिकाको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप रु २० प्रदान गरिने भएको छ ।
प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्रय क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री नभएका कारण किसानलाई प्रोत्साहनस्वरुप पोखरा महानगरपालिकाका तर्फबाट प्रतिमाला रु २० का दरले प्रदान गर्ने निर्णय गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
उनले भने,“किसानलाई प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरुप प्रतिमाला रु २० का दरले रु एक लाख ३० हजार उपलब्ध गराउने निर्णय भएको हो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण