ललितपुरको टाखेलमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
बुधबार, २९ कात्तिक २०८०, ०९ : २६
काठमाडौँ । ललितपुरको टाखेलमा मोटरसाइकल अनियन्त्रिय भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चापागाउँबाट टाखेल जाँदै गरेको बा.६० प ५१९५ नम्बरको मोटरसाइकल सडकको दायाँ तर्फको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण कुमार चन्दले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार सिन्धुलीको मरिण गाउँपालिका घर भएका २४ वर्षीय राम माझी र २५ वर्षका विजय माझीको मृत्यु भएको छ ।
मंगलबार साँझ उनीहरू मोटरसाइकलमा गोदावरी नगरपालिका–१० स्थित टाखेलमा चोकमा पुगेका हुन् । उनीहरूको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आफ्नै अस्पताल, टोल टोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गरिने
-
केही अप्रत्याशित नतिजासहित सकिए सबै टिमको पहिलो खेल
-
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ८८ करोड
-
‘प्रहरी हुँ’ भन्दै धम्क्याउने व्यक्ति पत्रकारको परिचयपत्र सहित पक्राउ
-
सक्रिय राजनीतिबाट बिदा भए महरा
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण