महिला टी-२० क्रिकेट शृङ्खला : नेपालले हङ्कङविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लियो
काठमाडौँ । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेपालले आयोजक हङ्कङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । शृङ्खलामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो ।
यसअघि बुधवार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । त्यो खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सकेको थियो । त्यसैले बिहीबार खेलिने हङ्कङविरुद्धको खेलमा नेपाल पहिलो जितको खोजिमा हुनेछ । नेपाली टोली नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा हङ्ककङ यात्रामा निस्किएको हो । शृङ्खलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण