महिला टी-२० क्रिकेट शृंखला
हङकङविरुद्ध नेपालले पाँच रनमै गुमायो चार विकेट
बिहीबार, ३० कात्तिक २०८०, १२ : ०२
काठमाडौँ । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको हङकङविरुद्धको खेलमा नेपालले पाँच रनको कुल स्कोरमै चार विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो ।
पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी सम्झना खड्का दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएकी थिइन् । उनी एक रन बनाउँदै आउट भएकी हुन् ।
यसैगरी तेस्रो विकेटका रुपमा काजल श्रेष्ठ आउट भएकी हुन् । उनले त खातासम्म खोल्न पाइनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै पेभेलियन फर्किइन् । नेपालले १.३ ओभरमा पहिलो, २.३ ओभरमा दोस्रो, २.४ ओभरमा तेस्रो र २.५ ओभरमा चौथो विकेट गुमाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण