स्टार्क र हेजलवुडको घातक बलिङ, अस्ट्रेलियासामु २ सय १३ रनको लक्ष्य
कोलकाता । तीव्र गतिका बलरद्वय मिचेल स्टार्क र जोस हेजलवुडको घातक बलिङको मद्दतले अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई आईसीसी एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनलमा २ सय १२ रनमा सीमित गर्न सफल भएको छ । इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर सो रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक १ सय १ रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको बलमा आउट हुनअघि उनले ११६ बलमा ८ चौका र ५ छक्का हिर्काए । उनलाई हेनरिच क्लासनले ४८ बलमा ४७ रन बनाउँदै राम्रो साथ दिए । टोलीका अन्य ब्याट्सम्यानले भने खासै ठुलो योगदान दिन सकेनन् ।
खेलमा दक्षिण अफ्रिकाले निकै खराब सुरुवात गरेको थियो । स्टार्क र हेजलवुडसामु शीर्ष क्रमका ब्याट्सम्यान निरीह बनेका थिए । दक्षिण अफ्रिकाले १२ औँ ओभरमा मात्र २४ रन बनाउन सकेको थियो भने यस क्रममा चार विकेट गुमाइसकेको थियो ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १० ओभरमा १ मेडन राख्दै मात्र ३४ रन खर्चेर ३ विकेट लिए । कप्तान कमिन्सले पनि ९.४ ओभरमा ५१ रन खर्चिएर ३ विकेट लिए । जोस हेजलवुडले किफायती बलिङ गर्दै ८ ओभरमा ३ मेडन राख्दै मात्र १२ रन खर्चेर २ विकेट लिए । त्यस्तै, ट्राभिस हेडले पनि २ विकेट लिए ।
आजको विजेता टोलीले फाइनलमा आयोजक राष्ट्र भारतको सामना गर्नेछ । भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण