बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

शुक्रबार, ०१ मङ्सिर २०८०, २० : १४
शुक्रबार, ०१ मङ्सिर २०८०

बुटवल । रुपन्देही तिलोत्तमा शुक्रबारदेखि तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८० सुरु भएको छ । रुपन्देही उद्योग वाणिज्य संघको आयोजनामा सो मेला सुरु भएको हो ।   

सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार झ भन्ने नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारीले गरेका हुन् । 

सो अवसरमा उनले संविधान कार्यान्वयनमा समस्या आइरहेको बताए । उनले राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउँदै उनले कर्मचारी, सुरक्षा निकाय र तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन सक्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले आर्थिक क्षेत्रमामा देखिएको मन्दी हटाउनलाई मेला महोत्सवले सहयोग पुग्ने बताए । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले मेला लगाउन स्थायी संरचना बनाउने प्रतिबद्धता व्यक्त गरे । 

मेलामा कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप