जसपाको कोशी प्रदेशस्तरीय प्रशिक्षण ओखलढुंगामा सुरु
ओखलढुंगा । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशस्तरीय दुई दिवसीय प्रशिक्षण सुरु भएको छ ।
ओखलढुंगास्थित जिल्ला समन्वयको सभाहलमा आजदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कोसी प्रदेश समितिका इन्चार्ज रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी सदस्य रणध्वज कन्दङवालगायतका नेताहरूले प्रशिक्षण दिन लागेका छन् ।
प्रशिक्षण कार्यक्रममा उक्त प्रदेश अन्तर्गत रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय नेताहरू, प्रदेश समिति, पहिचानका राष्ट्रिय समिति, जिल्ला समिति, पालिका समिति र भ्रातृ सङ्गठनका प्रतिनिधि सहभागी रहेका छन् ।
यसैबिच जसपाको ओखलढुंगा जिल्ला समिति पुनर्गठन गरिएको छ । आज आयोजित कार्यक्रमबाट खेमराज खड्काको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रकाश तामाङ, सचिव पासाङ निमा शेर्पा, उपसचिव निर्मल सुनुवार, चम्मर राई र कोषाध्यक्ष सुइटी शाह चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण