आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर

आइतबार, ०३ मङ्सिर २०८०, ११ : २०
आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आज नेपाली बजारमा शक्रुबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ९५० रुपैयाँ कायम रहेको छ । गत साताको शुक्रबार समेत यही मूल्य सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर रहेर कारोबारमा आएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम रहेको जनाएको छ । गत साताको शुक्रबार चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप