शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

केबुलकारलाई ट्रान्सपोटेसनको रूपमा प्रयोग गर्न आवश्यक छ : कुलमान घिसिङ

आइतबार, ०३ मङ्सिर २०८०, १३ : १५
आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रूपमा प्रयोग गर्न आवश्यक रहेको बताए ।

लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताए । उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई ट्रान्सपोटेसनको  हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । उनले केबुलकारहरूले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत् खपत बढाउने काम गरेको बताए । उनले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको सङ्ख्या अझै बढ्नुपर्ने बताए ।

‘धेरै केबुलकारहरूले नेपालको इकोनोमिक एक्टिभिटिज र पर्यटनदेखि विद्युत् खपत पनि राम्रो गर्छ । नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबुलकार बढ्नुपर्छ’ उनले भने, ‘यस्तै केबुलकारहरूले हाम्रो विद्युतको खपत बढ्ने हो र यो विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरू बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ । केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई ट्रान्पोटेसनको हिसाबले पनि नेपालमा केबुलकारको महत्त्वपूर्ण भूमिका हुनेछ । नेपालमा बाटो बनाएर डाँडामा पुग्नुभन्दा पनि ठुला ठुला ट्रान्सपोटेशन केबुलकारबाट गर्दा राम्रो हुन्छ । यसले विद्युत् खपतका साथै इकोनोमीमा राम्रो गर्छ । लुम्बिनी केबलकार महत्त्वपूर्ण छ ।’

त्यस्तै लुम्बिनी केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले दसैँ तिहारको बिचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए । उनले आफूहरूले अपेक्षा गरेअनुसारकै पर्यटकहरू आएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘यात्रुहरूको भीड छ । दसैँ तिहारको अफर र छुट्टीको समयमा अपेक्षा गरेअनुसार नै यात्रुहरू आउनुभएको छ ।’ उनले लुम्बिनी केबुलकारको टिकट महँगो नभएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप