रुकुम पश्चिम जिप दुर्घटना : घाइते एक जनाको मृत्यु (अपडेट)
सोमबार, ०४ मङ्सिर २०८०, १३ : ५९

सुर्खेत । सोमवार बिहान भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली रहेका छन् ।
ओलीको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा चोट लागेको थियो । लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।
जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल भेरी नदी किनारमा खसेको थियो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । त्यसमध्ये ७ जना गम्भीर घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषधसहित वीरगंजमा २ जना पक्राउ
-
एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो : ओली
-
नेपाल युक्रेन व्यापार : आयात साढे ६ अर्बको, निर्यात शून्य
-
नयाँ पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्नुहुन्न : भुसाल
-
धमाकेदार ओपनिङबिच एनिमलका निर्मातालाई ठुलो झट्का
-
काठमाडौँ महानगरपालिकाले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने