सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ ड्राइभर टोल चोकमा सडकमा ना.६ ख ८१६१ नम्बरको ट्रकले लु.४९ प २२३० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१ ड्राइभर टोल बस्ने ५० वर्षीय मादबलाल देबकोटा र मोटरसाइकलमा सवार सोही नगरपालिका-२ जानकीनगर बस्ने ४० वर्षीया यादा क्षेत्री रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोहिरी ज्युलामा लु.१ ज २२९७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा चौरजहारी नगरपालिका-१३ बस्ने ४५ वर्षीय मस्त बहादुर वलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २० जनामध्ये १४ जनाको मिसन अस्पताल चौरजहरीमा उपचार भइरहेको २ जनालाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ भन्ने अन्य २ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा मेडिकल कलेज कोहलपुर पठाइएको छ ।
उता स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ भिरबारीस्थित सडकमा ग.१ त ४९८७ नम्बरको ट्याक्टर बाटोबाट पल्टिएर सोमबार बिहान दुर्घटना हुँदा चालक दाङ दंगीशरण गाउँपालिका-४ बस्ने २८ वर्षीय रामहरी चौधरीको घटनास्थलमै मृत्यु भएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्धार कार्यको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ : गगन थापा
-
पानी नआएपछि मेलम्ची पुगे खानेपानी मन्त्री
-
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
-
‘यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू उदाहरणीय बन्न सकेनन्’
-
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा
-
राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार, एमाले एक्लै लड्ने !